निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान

सेयर गर्नुहोस्

३ वैशाख, काठमाडौं । जिल्ला अदालत काठमाडौंको आदेशपछि निलम्बित न्यायाधीश भुवन गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।

पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । २०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए । मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा उपस्थित भएका उनलाई अदालत परिसरबाट पक्राउ गरिएको थियो । श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई सर्वोच्चले थुनामा राख्न आदेश गरेको हो । जिल्ला अदालतले उनलाई धरौटीमा छोडेको थियो भने उच्चले जिल्लाको निर्णय सदर गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *