सेमिफाइनल खेल्न नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य

सेयर गर्नुहोस्

५ वैशाख, काठमाडौं। साउदी अरबले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो । 

साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि।सी र ललित राजवंशीले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *