साउदी अरबले जितका लागि नेपाललाई दियो ७४ रनको लक्ष्य

सेयर गर्नुहोस्

५ बैशाख, काठमाडौं । वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेलमा साउदी अरबले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ। टस हारेर व्याटिङ गरेको साउदीले ८ ओभरको समाप्तिमा ७ विकेट गुमाएर ७३ रन बनाएको छ । करण केसीले २, अविनाश बोहराले २, ललित राजवंशी र प्रतिश जीसीले समान १र१ विकेट लिएका हुन। वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेल ढिलो सुरु भएको थियो। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा ११ः४५ बजेका लागि खेल समय तोकिए पनि मैदान भिजेका कारण ढिलो भएको हो। वर्षाका कारण खेलमा ढिलाई भएका कारण २० ओभरको खेल ८ ओभरमा सिमित गरिएको छ।

आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ भने साउदी सेमिफाइनलमा पुग्ने आफ्नो प्रयास जारी राख्न चाहन्छ। ओमानमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ। यअसघि हङकङविरुद्धको खेल पनि वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो। हालसम्म ओमानमा वर्षासँगैको बाढीमा परी १८ जनाको मृत्यु भइसकेको छ। आजको खेलमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ भने साउदी अरब आफ्नो अङ्क जोड्न चाहन्छ।

जारी सिजनमा नेपालले लगातार ३ खेलमा जित हात पार्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ भने साउदी अरबले ३ खेल खेल्दा १ मा मात्रै जित हात पारेको छ। आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले यसअघिका आफ्ना ३ वटै खेलमा सानदार जित हात पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *