१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

सेयर गर्नुहोस्

९ बैशाख,पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका–२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *