सुहाङ नेम्वाङले चुनाव हारे इलामलाई ठुलो क्षति हुन्छ : अध्यक्ष ओली

सेयर गर्नुहोस्

५ वैशाख, इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङले चुनाव हारे इलामलाई घाटा हुने बताएका छन् । इलामको मङ्गलबारे बजारमा आयोजित कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले भने, ‘यहाँबाट चुनाव हार्ने हो भने सुहाङलाई होइन, इलामलाई घाटा पर्नेछ । एमालेमा युवाको पंक्ति सामेल गर्नका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको ओलीले बताए । ओलीले भने, ‘सुहाङ योग्य उम्मेदवार हुन् । उनलाई सुवास नेम्वाङका छोराको रूपमा मात्र इलाम २ का मतदाताले हेर्ने छैनन् । संविधानमा संघीयता एमालेकै जोडबलमा राखिएको बताउँदै ओलीले पहिचानवादीको लागि एमाले बलियो शक्ति भएको धारणा राखे । ‘किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको स्थान कसले दियो, एमालेले होइन, अनि अहिले एमालेलाई नै उडाउने रु’ ओलीले प्रश्न गरे । एमालेले सबै धर्म र संस्कृतिको सम्मान गर्ने भएकोले सुहाङलाई जिताउनुपर्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *