इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

सेयर गर्नुहोस्

१६ वैशाख, काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङलृ दुई हजार ५४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का ३०० मत भन्दा बढीले पछाडि परेका छन् ।

उनले दुई हजार १९७ मत पाएका छन् । त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *