१७ बैशाख, काठमाडौं। बझाङको प्रदेशसभाको उपनिर्वाचनमा विजयी हुने दाबीसहित होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ । बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो । यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाएका थिए । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ । बझाङमा एमाले निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।