चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा र पाटे बाघ मृत भेटिए

सेयर गर्नुहोस्

२५ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र एक पाटे बाघ मृत भेटिएका छन् । निकुञ्नका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिएको जानकारी अनुसार निकुञ्जको कोर क्षेत्र भिमपुरमा बाघ र नवलपरासीको कावासोती-१५ स्थित मध्यवर्ती क्षेत्रमा गैंडा मृत भेटिएका हुन्। 

गैंडाको खाग, खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले दावी गरे । निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीले भिमपुरमा मृत बाघ भेटेको उनले बताए। मृत बाघ र गैंडाको पोष्टमर्टम हुन बाँकी छ। चालु आर्थिक बर्षमा २१ गैंडा र ६ बाघ मृत भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *