प्रतिनिधिसभाको बैठक २ बजे मात्र बस्ने

सेयर गर्नुहोस्

६ जेठ, काठमाडौं । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे बालाईएका प्रतिनिधिसभाको आइतबारको बैठक २ बजेलाई सरेको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेको कार्यदलको बैठक बसिरहेको छ । उक्त समितिले संसदीय समितिको कार्यादेश ९टीओआर० मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *