सरकार र सभामुखले निरंकुश कदम चाल्यो : रामहरी खतिवडा

सेयर गर्नुहोस्

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकार र सभामुखले निरंकुश कदम चालेको आरोप लगाएका छन्। संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा सांसद खतिवडाले सरकार र सभामुख निरंकुश बनेको आरोप लगाए। सरकार र सभामुखले निरंकुश बन्नुभयो।मार्सल लगाएर जबर्जस्ती रूपमा विश्वासको मत लिने प्रधानमन्त्रीको कदमप्रति हाम्रो घोर आपत्ति छ,’ उनले भने। सांसद खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबारको प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधन प्रति आपत्ति जनाएका छन्।

गृहमन्त्रीजस्तो व्यक्तिले अशोभनीय अभिव्यक्ति दिएको भन्दै उनले सोको विरोध जनाएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधलाई पेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका छन्। दाहालको पक्षमा १५७ मत आएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिएका हुन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत पाएका हुन्। विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य कांग्रेसले चुकाउनु पर्ने प्रधानमन्त्रीले चेतावनीसमेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *