राज्यको सूचना बेचेको अभियोगमा गगन थापालाई तत्काल गिरफ्तार गरिनुपर्छ : भीम रावल

सेयर गर्नुहोस्

७ जेठ, काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यको सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । लामिछानेको सोही अभिव्यक्तिमा केन्द्रित रहेर नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताएका छन् । देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने पनि रावलको माग छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *