गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई झाँक्रीको चुनौती

सेयर गर्नुहोस्

८ जेष्ठ, काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन कुमार थापामाथि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएको प्रति नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छिन्। सोमबार सामाजिक  सञ्जालमार्फत उनले उल्लेखित आरोपहरू पुष्टि गर्न गृहमन्त्रीलाई चुनौती समेत दिइन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् :

गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनितीक आईकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस ! 

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा कांग्रेस महामन्त्री गगन थापा, सांसद आरजू राणासहित विभिन्न कांग्रेस नेताहरुतिर लक्षित गर्दै चर्चामा आएका अनुदानमा अनियमितता, विदेशीलाई सूचना बेचेको लगायतका विषयहरूको पनि छानबिन हुनुपर्ने बताएका थिए। गृहमन्त्री लामिछानेले भनेका थिए ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाममा राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ। ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ। सोही कुरा प्रति आपत्ति जनाउँदै सचिव झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *