थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिए

सेयर गर्नुहोस्

७ जेठ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । मृत भेटिएका भक्तपुर नगरपालिका-७ छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले प्रहरी सशंकित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *