प्रतिनिधिसभा बैठकअघि प्रमुख सचेतकसँग सभामुखबिच छलफल

सेयर गर्नुहोस्

८ जेठ, काठमाडौं ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको भएपनि संसद सुचारु गर्नेबारे सहमति नजुट्दा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा सहभागी सबै दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा अहिले छलफल चलिरहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । सबै दलका प्रमुख सचेतकसँगको छलफल गर्नुअघि सभामुख विपक्षी दलका प्रमुख सचेतकसँग बसेका थिए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको भएपनि संसद सुचारु गर्नेबारे सहमति नजुट्दा सुरू हुन सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्ररकणमा संसदीय छानबिन समिति नबनाइ सदन अगाडि बढाउन नदिने अडान लिएको छ । आज बिहान बसेको कार्यदलको बैठक पनि विनानिष्कर्ष टुंगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *