८ जेठ, काठमाडौँ । टी-२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ। बुधबार साँझ ४ बजेका लागि उनी दूतावासमा भिसा अन्तर्वार्ताका लागि पुगेका थिए। सन्दीपले सामाजिक सञ्जालमार्फत आफुलाई भिसा दिन अमेरिकी दूतावासले अस्वीकार गरेको जानकारी दिएका छन्। लेग स्पिनर लामिछानेलाई यसअघि २०१९ मापनि अमेरिकी दुतावासले भिसा दिएको थिएन।