पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख, स्ववियु नेतृत्वको ठगी धन्दा छताछुल्ल, ३५ लाख उठाएर ठगी गरेको उजुरी

सेयर गर्नुहोस्

१३, जेठ,काठमाडौ । त्रिभुवन बिश्वबिद्याल भन्दा ४ बर्ष अगाडि अर्थात २०११ सालमा स्थापना भएको ललितपुर स्थित पाटन संयुक्त क्याम्पसमा बिद्यार्थीहरुलाई भर्ना गरिदिने भन्दै क्याम्पस प्रमुखको संलग्नतामा स्ववियु सभापति सुशील बिष्ट , स्ववियु सचिव अभिनास भण्डारी , एमाले निकट अनेरास्ववियु पाटन क्याम्पसको उपाध्यक्ष मदन देवकोटा , सत्ताधारी दल माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) पाटन क्याम्पसको सचिव अशोक दुलालले विद्यार्थीलाई भर्ना गरिदिने भन्दै १५ ओटा सिट लुकाएर ३५ लाख उठाएको उजुरी परेको छ । पीडित विद्यार्थीले राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी गरेपछी सम्बन्धित आरोपित ब्यक्तिहरुलाई कार्वाही गर्न रास्टिय सतर्कता केन्द्रले त्रि.वि उपकुलपति कार्यलयलाइ निर्देशन समेत दिएको छ ।

यस क्याम्पसमा बिशेषगरी बिज्ञान , मानबिकी , ब्यबस्थापन संकाय अन्तरगत स्नातक तथा स्नातकोत्तर तह पढाइ हुने उक्त क्याम्पसमा करिब १०,००० विद्यार्थीहरुले अध्यन गरि रहेका छन् । क्याम्पसको मुख्य आम्दानीको स्रोत B.sc.csit , BIT , BBA , र BCA हो । अन्य शैक्षिक कार्यक्रममा भन्दा यी शैक्षिक कार्यक्रममा अध्यन गर्न शैक्षिक शुल्क अत्यधिक धेरै हुन्छ भने निस्चित सिट सङ्ख्या हुने भएकोले भर्ना हुन पनि निकै प्रतिस्पर्धा अर्थात कठिन हुने गरेको छ । जसको फाइदा उठाउदै यस शैक्षिक बर्ष २०८०/८१ मा पाटन क्याम्पस अन्तर्गत द्य।कअ।अकष्त भर्नाको क्रममाविद्यार्थीलाई भर्ना गरिदिने भन्दै १५ ओटा सिट लुकाएर ३५ लाख उठाएको उजुरी परेको हो । विगत देखि नै स्ववियु सभापति नेतृत्वले भिविन्न बाहानामा विद्यार्थीहरुले पाउने सेवा सुविधा स्ववियु नेतृत्वले लिने गरेको पाईन्छ । त्यसै गरि स्ववियु नेतृत्व विगत देखि नै भ्रष्टाचारमा मुछिदै आएको छ । 

पाटन क्याम्पसबाट हालका प्रधानमन्त्री पुस्पकमल दाहाल “प्रचण्ड” ले समेत आइ.ए.सि गरेका थिए भने अन्य हजारौं दिग्गज ब्यक्तिहरु उक्त क्याम्पसमा अध्ययन गरेर देशको विभिन्न क्षेत्रमा सेवा गरिरहेका छन् ।

(विज्ञप्ति )

Leave a Reply

Your email address will not be published. Required fields are marked *