मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री पुन

सेयर गर्नुहोस्

१३ जेठ, काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताएका छन् । सरकारले आर्थिक सर्वेक्षण २०८०/८१ संसदमा प्रस्तुत गरेको छ । नेपाली कांग्रेसको विरोधका बीच सरकारले चालु आर्थिक वर्ष (आव) को अर्थतन्त्रको अवस्था समेटिएको दस्तावेज संसदमा प्रस्तुत गरेको हो । सो अवसरमा उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा आएको संकुचनबीच कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३।९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले बताए । उनले चालु आवमा कुल लगानी २।८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको उनले बताए । प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने उनले बताए । फागुनसम्म मुद्रास्फीति ६।०८ प्रतिशत रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *