गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा सहकारी पिडितको प्रदर्शन

सेयर गर्नुहोस्

१३ जेठ, पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै बचत रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । उनीहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ भन्दै उनीहरूले सहकारी ठगी प्रकरणमा मुछिएकाले राजीनामा दिनसमेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *