गृहमन्त्रीको राजीनामा माग्दै संसददेखि सडकसम्म कांग्रेस

सेयर गर्नुहोस्

१३ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट भ्रातृ संगठनको प्रदर्शनमा सांसदहरू पनि पुगेका छन् । सहकारीकै विषयलाई लिएर गृहमन्त्री लामिछानेको राजीनामा माग्दै कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेको छ । उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।

प्रतिनिधिसभा बैठक सकिएलगत्तै कांग्रेस सांसदहरू जुलुसमा मिसिएका छन् । सांसदहरू रमेश लेखक, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, एनपी साउद, राजेन्द्र बजगाईँ, सीता गुरुङ उदयशमशेर राणालगायत पुगेका छन् । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि पुग्नेक्रम जारी रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनस्थलमा पुगिसकेका छन् । गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।

 

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *