सरकारले सुचना प्रविधि सम्बन्धी कम्पनीलाई निशुल्क कार्यलय उपलब्ध गराउने

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने घोषणा बजेटमार्फत गरिएको हो । ती आईटी पार्कमा आईटी उद्योगका लागि सबै किसिमको पूर्वाधार उपलब्ध हुने पनि बजेटमा घोषणा गरिएको छ । ललितपुर खुमलटारमा ज्ञान पार्क स्थापना गरिने पनि घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *