आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने योजना

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्द्धक कार्यक्रम संचालन गर्ने बताएका छन् । उनले पर्यटन प्रवर्द्धनका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन गरेको बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *