सञ्चालकको सम्पत्ति बेचेर सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने सरकारको घोषणा

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । सरकारले समस्याग्रस्त घोषित सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् ।

ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए । सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने बताए । यस्तै बचत तथा ऋण सहकारीको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *