सुर्खेतमा जीप दुर्घटना हँदा चार जनाको मृत्यु

सेयर गर्नुहोस्

१७ जेठ, सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत(दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । ‘अहिलेसम्म दुई शव सङ्कलन गरेर सडकमा ल्याइएको छ । बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ । बाँकीको खोजी कार्य भइरहेको छ । जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *