फेसबुकबाट निर्देशन दिएर नागरिकलाई सडकमा उभ्याउनु कानुन विपरीत : रामहरी खतिवडा

सेयर गर्नुहोस्

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुनविपरीत नागरिकलाई सडकमा उभ्याएको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्णयको विरोध गरेका छन्। गृहमन्त्रीको निर्देशनमा ट्राफिक प्रहरी कार्यालयले बुधबारबाट मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको छ। त्यसको आलोचना गर्दै सांसद खतिवडाले कानुनी राज्यमा फेसबुकबाट निर्देशन दिएर कानुनविपरीत नागरिकलाई सडकमा उभ्याउन नमिल्ने बताए। 

कानुनी राज्य कसैको सनकका भरमा नचल्ने भन्दै उनले भने, ‘कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन । अहिले सडकमा मान्छेहरूलाई कुनै मन्त्री, उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुकासम्म कानुनविना ठिङ्ग्याएर राख्ने पद्धति सरासर गलत छ । मापसे गर्‍यो भनेर त्यसलाई सडकमा ठिङ्ग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकार हनन हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *