अमेरिकन दूतावासमा सन्दीप लामिछानेकोअन्तर्वार्ता चार बजे

सेयर गर्नुहोस्

१७ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो । उनको अन्तर्वार्ताको समय अपराह्न चार बजेका लागि तोकिएको छ । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट लेखेको थियो । भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आगामी सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *