कास्कीमा हावाहुरीले १४ घरमा क्षति

सेयर गर्नुहोस्

१८ जेठ, पोखरा । कास्कीको रुपा गाउँपालिकामा हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । जेठ १७ गते साँझतिर हावाहुरीसहित वर्षा भएको थियो । हावाहुरीले मानवीय र चौपाया क्षति भने भएको छैन । कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नम्बर १ च्यार्पे बस्ने नरमाया गुरुङ, रुपा गा.पा. वडा नं. २ छापडाँडा बस्ने सोम बहादुर खड्का, माझकोट बस्ने हर्क बहादुर गुरुङ, रुपा गाउँपालिका ६ जामुने बस्ने चिजामाया गुरुङ, कसिला गुरुङ, प्रतिक अधिकारी, गंगा गुरुङ, राज कुमार तामाङ लगायतको घरमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

रुपा गाउँपालिका ६ मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मिया र भिरचोक बस्ने जानकी गुरुङको घरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरका छाना पनि हुरीले उडाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *