सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना पक्राउ

सेयर गर्नुहोस्

२० जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी ३९ वर्षीय ३७ अन्सारी छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए । बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख० र ५ सय दरको ८ सय थान ९४ लाख)  रहेको छ । डीएसपी थापका अनुसार प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *