२१ जेठ, काठमाडौं । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ ।
आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए । त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक १२स्१५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।