सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर नै बजेट ल्याइएको हो : श्रममन्त्री अर्याल

सेयर गर्नुहोस्

२१ जेठ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरूसँग सहमति गरेर नै बजेट ल्याइएको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्टायो भन्ने आरोप लगाउन नहुने बताएका छन् ।

उनले सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ती क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताए । उनले मन्त्रीहरूले बजेट पठाएपछि मात्रै बजेट आएको बताए । मन्त्री अर्यालले कर्मचारीको तलब बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *