सुरु भयो गण्डकीमा श्रमाधान रोजगार मेला

सेयर गर्नुहोस्

२१ जेठ, पोखरा । गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेलाको औपचारिक रुपमा उद्घाटन भएको छ । पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । दुई दिन आयोजना हुने मेलामा विभिन्न ३९ स्टल राखिएका छन् ।

मेलाको पहिलो दिन श्रम आप्रवासन स् कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ । यसैगरी मेलाको दोस्रो दिन शिक्षा र रोजगारी बीचको सेतु स् कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुने कार्यक्रम छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालय, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *