कोशी प्रदेशसभाको बैठकमा काँग्रेस सहभागी नहुने

सेयर गर्नुहोस्

२१ जेठ, विराटनगर। कोशी प्रदेशसभाको बैठक अघोषित रुपमा बहिस्कार गर्दै आएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको मुद्दाको कारण देखाउँदै कांग्रेसले जारी बर्खे अधिवेशनका बैठकमा सहभागिता जनाएको थिएन । कांग्रेसको अनुपस्थितिमा नै ३१ वैशाखमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए । 

सोमबार प्रदेशसभा बैठकअघि पत्रकार सम्मेलन गर्दै कांग्रेस दलका नेता उद्धव थापाले बैठकमा सहभागी हुने निर्णय भएको बताए । आजको बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । अदालती प्रक्रियाबाट मुद्दा टुङ्ग्याउन अनिश्चित समय लाग्ने देखिएकाले प्रदेशमा सरकारका तर्फबाट पेश हुने नीति तथा कार्यक्रम र बजेटलाई मध्यनजर गरी दलले बैठकमा सहभागी हुने निर्णय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *