ठगी आरोपमा निर्देशक सुदर्शन थापा पक्राउ

सेयर गर्नुहोस्

२१ जेठ, काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा ठगि आरोपमा पक्राउ परेका छन् । । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

थापा प्रसाद २ का निर्देशक पनि हुन् । आजदैखि सुरु हुन लागेको उनी निर्देशित ‘रावायण’को दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्देशक थापा पक्राउपछि फिल्मको छायांकन रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *