प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी

सेयर गर्नुहोस्

२ कार्तिक, काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा जारी छ।

समसामयिक राजनीतिक विषयका साथै बाढीपहिरो पछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको माओवादी निकट स्रोतले जनाएको छ।जारी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डसहित रास्वपा अध्यक्ष रवि लामिछाने, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, शक्ति बस्नेत, स्वर्णिम वाग्लेलगायत सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान लिएको विषयलाई लिएर राजनीतिक बृतमा छुट्टै खालको बहस उब्जिएको छ। सो बैठकमा पनि उक्त विषयलाई केन्द्रमा राखिएको स्रोतले जनाएको छ।

साथै बैठकमा प्रधानमन्त्री ओली सरकारको ९० दिनको समीक्षासमेत गरिने बताइएको छ।यता, पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गर्न प्रहरीले तयारी थालेको छ।

स्रोतका अनुसार सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *