आज घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

सेयर गर्नुहोस्

२ कार्तिक, काठमाडौँ– साफ च्याम्पियनसिप महिला फुटबलमा आज घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा सुधारिँदो भुटानविरुद्ध महिला फुटबलमा बलियो रहँदै आएको नेपालको सुरुवाती खेलले उपाधिमा दाबेदारीको संकेत गर्नेछ। दशरथ रंगशालामा हुने खेल साँझ ५:३० मा सुरु हुनेछ।

समूह ‘बी’को खेल नेपाल विजयी सुरुआत चाहन्छ, त्यसैले सतर्कपूर्ण रुपमा नेपाल मैदानमा उत्रिने छ।नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङ भुटानले पछिल्लो समय महिला फुटबलमा पनि प्रगति गरेको बताउँछन्। उसको उमेर समूहको फुटबल राम्रो बन्दै गएकाले खेललाइ सजिलो रुपमा नलिने बताए। कप्तान एन्जिला सुब्बा पनि भुटानसँगको खेलमा मिहिनेत गरेर शतप्रतिशत इफोर्ट लगाउने बताउँछन्।

भुटानकी प्रशिक्षक निकोला डेमिनले नेपाल घरेलु टिम भएकाले दबाब नेपालमाथीनै बढी हुने बताइन्। उनले साफको तयारीकै लागि विगत ९ महिनादेखि तयारी गरेको बताइन्।यस्तै, कप्तान पेमा छिरिङले पनि आफ्नो टिम उत्कृष्ट प्रदर्शन गर्न तयार रहेकाले नेपालविरुद्ध आत्माविश्वासी भएर खेल्ने बताउँछिन्।

वुमेन्स साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई पराजित गर्न सकेको छैन। नेपालले यस प्रतियोगितामा चार पल्ट भुटानको सामना गरेको छ र सबै चार खेलमा सजिलो जित निकालेको छ। यी चार खेलमा नेपालले २३ गोल गरेको छ । तर कुनै गोल खाएको भने छैन।

सन् २०२२ को पछिल्लो संस्करणमा नेपालले भुटानमाथि ४-० को जित निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *