टि-२० सिरिजको पहिलो खेलमा नेपाले अमेरिकामाथि १७ रनको जित

सेयर गर्नुहोस्

२ कार्तिक, काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको जित निकालेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन बनायो ।

नेपालको जितका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले जादू देखाए । तीन ओभर बलिङ गरेका उनले महत्त्वपूर्ण तीन विकेट लिए । अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडेका थिए । ऐरीले खेलको प्लेयर अफ दि म्याच बने ।

खराब सुरुवात गरेको अमेरिकाका लागि शायन जहाँगीरले नटआउट ६० रन बनाए । एन्ड्रिज गौसले ३० रन बनाउँदा मिलिन्द कुमारले २२ रन जोडे । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । सिरिज अन्तर्गत नेपालले नेपालले आइतबार दोस्रो र सोमबार तेस्रो खेल खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *