आधा सत्य अनि आधा झुटो..!

सेयर गर्नुहोस्

निशा लामगादे, काठमाडौं  । 

शब्दहरू सधैँ विश्वासिलो हुन्छन्,
व्यवहारिकता आधा काँचो हुन्छ
विभेद विवेकले मात्र नहट्ने
विद्रोहले बिसेक हुन नसकेको घाउ
कतिन्जेल हो आलै रहने..!

सिपालु हुन्छन् जो,
श्रम कमाउनु धर्म सम्झन्छन् जो,
कलाकारितामा सामेल भएका हुन्छन् ।
जान्दछौ तिमी भूगोल इतिहास,
सारा सृष्टि कारण युक्त देख्दा छौ रे
तिम्रो प्रस्तुतिकरण प्रशंसनीय हुन्छन् ।
किनभने तिमी अन्याय हुनुको तर्कपूर्ण निचोड निकाल्दछौ
तिम्रो बुद्धिमानीको जस्तो, गहकिलो कुराहरु हुन्छन् ।
किनभने तिमी मोल लगाएर जोड्न घटाउन जानेको बताउदछौ.!!

सहनशील हुन्छन् जो,
स्वभाविक ठानेर शोभायमान देखिन्छन् जो,
सिर्जनशील गुणले सम्पन्न मानिएका हुन्छन् ।
ठान्दछौ तिमी आफूलाई धनी,
तिमिलाई उनी तिम्रै हुन् लाग्छ रे
तिम्रो मनोकांक्षा नै बढी हुन लाग्छन् ।
असहज ढङ्गबाट उनको पहिचानलाई अल्गयाएर राखिदिएकै छौ,
गुलियो तिम्रो बोली वचन पहिरनका लागि हुन्छन्,
यसैको माध्यमले तिमी उनलाई आफ्नो बनाउने श्राप दिइनै रहन्छौ ।

खडा भएको संरचनालाई सही गलत भन्नु भन्दा पनि,
त्यसमा आफूले अस्तित्वबोध गर्नु परेको वाध्यता,‌ म पाउँछु
रामको लागि सिता माथि गरिएको सतित्वको प्रश्न
जस्तै आवाज, हरेकको घरमा विचाराधीन रहेको, म पाउँछु !

आफ्नो हतियारमा धार लगाउँदै छु,
घरमा इट्टा हाल्न मसला तयार पार्दै छु,
बलियो एउटा जगको तयारीमा लागेको छु, त्यसैले
तिम्रा कुराहरुलाई आधा सत्य अनि आधा झुट्टो‌ मानेको छु ।
सेतो र कालो भन्दा खैरो रंगको चश्माले जगत हेर्दै छु !!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *