बोक्सी आरोपमा महिलामाथि कुटपिट

सेयर गर्नुहोस्

३० जेठ, जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बोक्सी आरोपमा कुटपिट भएको हो।

कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलौज गर्दै छिमेकी ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपिट गरेको उनको आरोप छ। महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *