बालेन्द्र साहलाई योगेश भट्टराईको चेतावनी : ओली संग टक्कर लिन नखोज्नुस !

सेयर गर्नुहोस्

२२ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पद नभुल्न चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताउदै आफ्नो हैसियत नभुल्नु चेतावनी दिएका हुन्। उनेल एमाले र एमाले अध्यक्ष ओली संग टक्कर लिन नखोज्नु समेत चेतवनी दिएका छन् । ससदमा बोल्दै उनले भने, ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न तयार छौँ। काठमाडौं फोहोर व्यवस्थापन र चोक चोकमा सांस्कृतिक सहर एमालेले बनाएको हो।

अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला। काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस्। तर, उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन्। तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ। उनले नेताहरू जेल बसेको कुरालाई मजाकमा उडाएको भन्दै असन्तुष्टि पोखे। देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्न आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *