उपेन्द्र यादवले दायर गरेको रिटको सुनुवाइ आज हुँदै

सेयर गर्नुहोस्

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको आज सुनुवाइ हुने भएको छ । यादवले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

रिट सुनुवाइका लागि पेशी तोकिएपनि सुनुवाइको सम्भावना भने न्यून छ । ३१ औं नम्बरमा पेशी परेको हुँदा सुनुवाइको सम्भावना नहुने सम्भावना देखिएको हो । यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरू जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफलका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।

निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएको प्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् ।

अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडे लगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् । उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका छन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *