उदयपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु

सेयर गर्नुहोस्

२२ जेठ, काठमाडौं । उदयपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। मंगलरबार मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका– १ फुलजोर खण्डमा टिपरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक विद्यालाल साहका अनुसार टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक बेलका नगरपालिका– १ का वर्ष ३० का रविन श्रेष्ठ र मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका– ३ का वर्ष २४ का हिरा राईको मृत्यु भएको हो। 

पूर्वबाट आइरहेको प्र.१–०२–००१ ख ८५१४ को टिपरले विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उनले भने, ‘टिपरले ठक्कर दिएपछि गम्भीर घाइते दुवैजनालाई जिल्ला अस्पताल गाईघाट ल्याइएको थियो। दुवैजनाको अस्पतालमै मृत्यु भएको हो। उनले ठक्कर दिने टिपर र टिपरका चालक प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै घटनाको अनुसन्धान भइरहेको बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *