चाबहिलमा एक पुरुषले रक्सीले मातेर आफूसंगै श्रीमती र तीन छोरी माथि पेट्रोल छर्किएर लगाए आगो

सेयर गर्नुहोस्

२३ जेठ, काठमाडौं । चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्‍याएको थिइ । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *