तीनकुनेको किराना स्टोरमा आगलागी हुँदा २ जना घाइते

सेयर गर्नुहोस्

२३ जेठ, काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी हँदा २ जना घाइते भएका छन् । खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीकको अनुसार आगलागीको कारण खुलिसकेको छैन । घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको बताइएको छ । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको ‘गु्रप अन ट्रेडिङ डिलर’मा आगलागी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *