सहकारी छानबिन समितिको पहिलो बैठक सुरु

सेयर गर्नुहोस्

२३ जेठ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । बुधबार दिउँसो सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक सुरु भएको हो । एमाले सांसद् सूर्यबहादुर थापाको सभापतित्वमा संसदीय छानबिन समिति बनेको छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *