नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु

सेयर गर्नुहोस्

२४ जेठ, विराटनगर । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । खनाललाई आन्द्रासम्बन्धी समस्या देखिएपछि थप उपचारका लागी भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा उनले खेमराज पोखरेललाई अध्यक्षमा पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *