गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : गिरीबन्धु टी–इस्टेटको फाइल खोल्ने हिम्मत छ ?

सेयर गर्नुहोस्

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न सक्ने भए खोलेर देखाउन शर्माले चुनौती दिएका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भन्नुभयो । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाईं गिरीबन्धु टी–इस्टेटको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? ’ गिरीबन्धु टी–इस्टेटको फाइल खोलिनेमा आफू विश्वस्त नरहेको उनले बताए ।

‘गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न होइन बोल्न पनि उहाँ ९गृहमन्त्री लामिछाने० सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षा मन्त्री उपरको शब्द फिर्ता लिनुस् भनेर दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *