गाँजा खेतीबारे एक महिना भित्र सबै नियमावली बनिसक्छ : गृहमन्त्री

सेयर गर्नुहोस्

२५ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको उनको भनाइ छ ।

उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए । प्रतिनिधिसभाको कृषि समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने ’ विषय सम्बन्धी छलफलमा गृहमन्त्री लामिछानेले गाँजा खेती अध्ययन गर्न बनेको समितिले छिटै प्रतिवेदन दिने बताए ।

‘गाँजा खेतीका लागि कानुन बनाउने नेतृत्व गृहले नै गर्छ,’ लामिछानेले भने । लागुऔषध दुर्व्यसनी बढेको तर यसमा गाँजाको अवस्था के हो भन्ने अध्ययन भइरहेको उनले बताए । गाँजा ओसारपसारमा कानुनी अनभिज्ञताबारे जनचेतना पनि चलाउने उनको भनाइ छ । ‘लागुऔषध दुर्व्यसनमा फसेकालाई अर्को मौका दिने हो, तर कारोबार गर्नेलाई छुट दिने कुरा हुँदैन,’ गृहमन्त्री लामिछानेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *