संविधान जागाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न हँदैन : गगन थापा

सेयर गर्नुहोस्

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान जागाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले संविधानका केही कुराहरु संशोधन गर्नुपर्ने भन्दै यस्तो बताएका हुन् ।

प्रदेशका साथै निर्वाचन प्रणालीकाबारेमा पनि केही संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘‘हाम्रो केही जिम्मेवारी छ । संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन,’ उनले भने, ‘चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन । यसलाई टिकाउन केही कुरामा बदलाब ल्याउनुपर्छ । निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *