नेपाली सेनाका अमलदारले गरे श्रीमतीको हत्या

सेयर गर्नुहोस्

२५ जेठ, बुटवल । दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका वडा ६ मा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *