कीर्ते कागजात पेश गरी ८५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

सेयर गर्नुहोस्

२४ जेठ, काठमाडौं । कीर्ते कागजात पेश गरी ८५ लाख रुपौयँ ऋण लिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–११ घर भई ललितपुर बस्दै आएका ३९ वर्षीय रबीन्द्र डाँगी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

डाँगीले ललितपुरको गोदावरी नगरपालिका–२ को सिट नम्बर ८ ९ग० को कित्ता नम्बर ३४५ को १ रोपनी जग्गालाई अर्को महँगो स्थानको जग्गा भन्दै नक्कली कागजात पेश गरेर ८५लाख ऋण लिएको खुलेको छ । त्यसका लागि उनले नापी विभागदेखि वडा कार्यालयको सिफारिस समेत नक्कली बनाएर श्रीयन्त बचत तथा ऋण सहकारीमा पेश गरेर ८५ लाख रुपैयाँ ऋण लिएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका डाँगीलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *