सुनका गहना लुट्न दम्पतीको हत्या

सेयर गर्नुहोस्

३० जेठ, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको ८ जेठमा हत्या आरोपमा एक जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको जुगल–१ घर भई महादेवटारमा सडक निर्माणसम्बन्धी काम गर्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एकेन्द्र सार्कीको ऋण लाख रुपैयाँभन्दा बढी पुगिसकेको थियो । त्यसमध्ये ५० हजार जेठभित्र तिर्नुपर्ने थियो । सडकमा काम गर्ने उनी बेलाबेला किनमेलका लागि मानबहादुर दम्पतीले सञ्चालन गरेको पसलमा जान्थे । त्यसक्रममा केकैमायाले लगाएको सुनका गहनाहरू देखेपछि लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

७ जेठको मध्यरातमा साबुन तथा स्याम्पु किन्ने बहाना बनाएर पसलमा पुगेका उनले केकैमाया र मानबहादुरको घन तथा फलामको रडले हानेर हत्या गरेका थिए । उनले पसलको घर्राबाट नगद, रिचार्ज कार्ड, मानबहादुरको मोबाइल र केकैमायाले लगाएको सुनको गरगहना लुटेर भागेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को सहयोगमा पक्राउ गरिएका एकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *